बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आएन कहिले बिकास यो देशमा

आएन कहिले बिकास यो देशमा

  • मङ्लबार, कार्तिक २१, २०८०
आएन कहिले बिकास यो देशमा

भुकम्प फेरीपनि आयो लगातार आयो,
भत्किए आसियाना मन् मै दरार आयो।

जिउंदो छंदा फुटफाटमा मरे बैकुण्ठमा,
हेरौं समाजभित्र यो कस्तो बिचार आयो।

आउंछ एकैछिन मै स्वाहा पार्छ र जान्छ,
निर्दोश मानिसको नकुनै मदतगार आयो।

छैनन् युवा नेता र असाय महिंला बालख,
यो देशभित्र किन यस्तो कुसंस्कार आयो।

अनुदानमै पनि लुट खोसाखोस हुन्छ यहां
किन देशमा यस्तो अनौठो व्यबहार आयो।

आएन कहिले बिकास यो देशमा सधैभरी,
गृहयुद्ध भ्रष्टाचारसंगै प्रकृतीकै मार आयो।

चर्चामा

सम्बन्धित समाचार