• होमपेज
  • समाज
  • लाज मानेर ५ बर्षदेखी रोग पाल्दै अछामकी माखी साउँद

लाज मानेर ५ बर्षदेखी रोग पाल्दै अछामकी माखी साउँद

  • शुक्रबार, कार्तिक १७, २०८०
लाज मानेर ५ बर्षदेखी रोग पाल्दै अछामकी माखी साउँद

बाजुरा– अछामकाको चौरपाटि गाउँपालिका २ बस्ने ३२ बर्षिय माखी साउदले ५ बर्ष देखी रोग पालिरहेकी छन् । पाठेघर खस्ने रोग ५ बर्षदेखी पालिरहेको माखी साउदले वताएकि छन् । आर्थिक अभाब र लाज मानेर आफुले ५ बर्षदेखी रोग पालिरहेको साउदले वताएकि छन् ।
तल्लो पेट दुख्ने, पिप बग्ने, पाठेघर खस्ने लगायत समस्याले झेलिरहेकी छन् । उनले श्रीमान खडक साउदालाइ भनेपनि उनले वास्ता नगरेको उनले वताएकि छन् । धेरै समय सम्म रोग लुकाइरहेकि थिए, अहिले साहै्र ग्राहो भएपछि उपचार सहयोगका लागि भौतारिरहेको माखीले वताएकि छन् ।
स्थानिय तारा सिं साउदका अनुसार पाठेघर सम्बन्धि रोग भएकोले लाज मानेर कसैलाइ नभनेको वताए । अर्को उपचार गर्ने पैसा नभएकाले उनले लामो समय देखी रोगपालिरहेको उनले वताएका छन् । सबैलाइ भन्न लाज माने अहिले निकै समस्या भएपछि भनेको हो, अझै सासु ससुरालाइ भने भन्ने नसकेको उनले वताएकि छन् । स्थानिय स्वास्थ्य चौकीमा चेकजाँच गर्दा सुबिधा सम्पन्न ठाउँमा जानुपर्ने वताएका थिए, आफु सँग पैसा नहुदा कतै जान नसकेको माखीले वताईन् ।
माखीका तिन सन्तान रहेका छन् । दुइ छोरा र एक छोरी छन् । श्रीमान मदिरा सेवन गर्ने घरमा नआउने परिवारको खासै वास्ता नगर्ने हुदा उपचार गर्न निकै समस्या भएको स्थानिय तारा सिं साउदले वताएका छन् । एकातिर यस्तो रोग लागेको भनेर लाज माने अर्कोतिर उपचार गर्ने पैसा नभएर कसैलाइ भन्न नसकेको माखीले वताईन् । अहिले सारै पिडा भएको छ, पिप बग्ने भएकाले शरिर गन्हाइरहने हुन्छ, अरु भएको ठाउँमा नजाने गरेको वताईन् । माखीले उपचार सहयोग गर्ने सबैलाइ आग्रह गरेकि छन् ।
माखी जस्तै दुर्गम गाउँका धेरै महिलाहरु रोग लुकाउने गरेका छन् । पाठेघर सम्बन्धि रोग भएमा भन्न लाज मान्ने राम्रो सँग खुल्न नचाहाने गरेका छन् । कडा परिश्रम र धेरै सन्तान जन्माउने समस्याले धेरै आमाहरुको पाठेघर खस्ने समस्या दुर्गममा निकै बिकराल बन्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार