शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • कैलालीबाट लागुऔषधसहित चार जना पक्राउ

कैलालीबाट लागुऔषधसहित चार जना पक्राउ

  • आइतवार, कार्तिक १२, २०८०
कैलालीबाट लागुऔषधसहित चार जना पक्राउ

धनगढी— कैलालीबाट लागुऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्लाको भजनी नगरपालिका–२ गौनियाबाट एक ग्राम १९० मिलिग्राम लागूऔषधसहित सोही नगरपालिका–१ का २६ वर्षीय तपेन्द्र बोहरा समेत दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले से.७ प १०१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो।

त्यस्तै टीकापुर नगरपालिका–९ खक्रौलास्थित सडकबाट पनि लागूऔषधसहित थप दुई जना पक्राउ परेका छन्। ९ सय ९० मिलिग्राम लागुऔषधसहित सोही स्थानका २२ वर्षीय नरेश रावल समेत दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो।

चर्चामा

सम्बन्धित समाचार