
बाजुरा– धनगडी स्थित स्टेपिङ स्टोन इङलिस स्कूलको द राइजिङ बाल क्लबले ५९ औं बालदिवसको अवसरमा तीन जन गरिब(बिपन्न) तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
बाल क्लबको प्रथम वार्षिकोत्सब तथा बाल दिवसको अवसरमा शैक्षिक साम्रगी बितरण गरेको हो । क्लवले बार्षिक उत्सव पनि भब्य तरिकाले मनाएको जनाएको छ ।
द राइजिङ बाल क्लबले धनगढीको वैँयावेँहडीमा अवस्थित श्री शारदा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र अंकित नेपाली र छात्रा कविता कार्कीलाई शैक्षिक सामग्री वितरण गरेको जनाएको छ ।
साथै स्टेपिङ स्टोन इङलिस स्कूलमै कक्षा ५ मा अध्ययरत निर्मल बोगटीलाई पनि शैक्षिक सामग्री वितरण गरेको क्लवले जनाएको छ ।
