• होमपेज
  • देश
  • समुदायमा जोडी समुहसंग संवाद कार्यक्रम प्रभावकारी

समुदायमा जोडी समुहसंग संवाद कार्यक्रम प्रभावकारी

लैङ्गिक रुपान्तरण मापदण्ड कार्यान्वयन गर्न जोडी समुहसंग दोहोरो छलफल 

  • बुधबार, भदौ ६, २०८०
समुदायमा जोडी समुहसंग संवाद कार्यक्रम प्रभावकारी

टेक बहादुर बुढा, बाजुरा — लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना दोस्रो चरण अन्तर्गत समुदायमा जोडी समुहसंग संवाद कार्यक्रम प्रभावकारी बनेको जोडी समुहहरुले बताएका छन ।

लैङ्गिक रुपान्तरण मापदण्ड कार्यान्वयनका लागि समुदाय स्तरमा गएर जोडी समुहसंग दोहोरो छलफल गर्दा उक्त कार्यक्रम प्रभावकारी भएको सहभागी जोडी समुहले बताएका छन ।

बुधवार बडिमालिका नगरपालिका २ भौनेरामा जोडी समुहसंग दोहोरो छलफल कार्यक्रममा उनिहरुले आफूमा सकारात्मक सोच विकास हुनुका साथै यस कार्यक्रमले दैनिक जीवनमा पारिवारिक रुपमा ठुलो सहयोग पुर्याउने सहभागी स्थानिय जिवन नेपालीले बताएका छन ।

यस संवाद कार्यक्रममा आफुपनि सधै सहभागी हुने गरेको र यसबाट धेरै कुरा जान्न र सिक्ने अबसर पाएको उनले बताए । यौन प्रजनन, श्रीमान श्रीमती बिचमा हुनुपर्ने सम्बन्ध र गर्ने व्यवहार तथा आत्मविश्वास गोपनियता जस्ता विभिन्न कुराहरु संवाद कार्यक्रमबाट सिकेको सहभागी जोडिहरुले बताएका छन ।

संवाद कार्यक्रममा दैनिक जीवनमा प्रयोजनमा आउने पारिवारिक तथा लैङ्गिक हिंसाका बारेमा छलफल हुने हुदाँ सो कार्यक्रम प्रभावकारी बनेको उनिहरुको भनाई रहेको छ । समाजमा व्याप्त बालविवाह, लागुपदार्थ दुव्र्यसन जस्ता विषयहरुलाई जोड्न सके कार्यक्रम झन लाभदायक हुने सहभागी जोडिहरुले सुझाव दिएका छन ।

उक्त परियोजना अन्तर्गत संवाद कार्यक्रम हप्तामा ४ दिन जोडि समुहसंग संवाद गर्दै आएको छ । संयुक्त राष्ट्र संघिय जनसंख्या कोष (युनएफपिए), आइपास, भिएसओलगाएतका साझेदार निकाय तथा पीसविन र स्थानिय सरकारको सहयोगमा सञ्चालित लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार परियोजना सन् २०२१ को अगष्टदेखि देशका विभिन्न जिल्लामा कार्यक्रम गर्दै आएको छ ।

बाजुराका बडिमालिका नगरपालिका र बुढीगंगा नगरपालिकाका विद्यालय तथा समुदायमा संवाद कार्यक्रम गर्दै आएको छ । उक्त परियोजनामार्फत दुईवटै पालिकाका ९ वटा विद्यालयमा रुपान्तरण कक्षा र ९ वडामा जोडि संवाद कार्यक्रम गर्दै आइरहको पीसविन बाजुराका कार्यक्रम प्रबन्धक धर्म बहादुर रोकायाले बताएका छन ।

परियोजनामार्फत भइरहेका विभिन्न क्रियाकलापले समुदायमा ल्याएको परिवर्तन र आगामी दिनमागर्नु पर्ने गतिधिका बारेमा नलजाइ सबैमाझ कुरा राख्न उनले सहभागी जोडिहरुलाई आग्रह गरेका छन ।

बडिमालिका नगरपालिका १,२,६,७ र ८ नम्बर वडामा संवाद कार्यक्रम लागु भएको छ । सो कार्यक्रम अन्तर्गत यसको प्रभावकारीता र अपेक्षित उपलब्धिको प्रभाव बारेमा बुधबार बडिमालिका नगरपालिका २ भौनेरामा अनुगमन तथा छलफल गरिएको कार्यक्रम प्रबन्धक रोकायाले बताए ।

अनुगमन तथा छलफल कार्यक्रममा उक्त परियोजनाले गरिरहेका विभिन्न क्रियाकलापको संचालन प्रक्रिया , प्रयोग गर्ने विधिका साथै जोडि संंवाद प्रक्रिया प्याकेजमा भएका बिषयबस्तु तथा भएका उपलब्धि बारे समिक्षा गरिएको परियोजना संयोजक त्रिभुवन शाहले बताए । बिशेष गरेर जोडि संवाद कार्यक्रमा श्रीमान र श्रीमती बिच साझा सहमति र समझदारीका साथ एकले अर्कालाई बुझेर पारिवारीक सम्बन्ध समधुर बनोस भन्ने उदेश्यले उक्त कार्यक्रम सुरु गरिएको उनले बताए ।

त्यस्तै आगामी दिनमा स्थानिय तहसंग समन्वय र सहकार्यका साथै जिल्ला समन्वय समितिसंग कार्यक्रमको कार्यन्वयन र प्रभावकारीताका बारेमा छलफल भएको संयोजक शाहले बताए ।

समाजमा लैङ्गिक हिंसा विगतदेखि अहिलेसम्म व्याप्त रहेको र परियोजना मार्फत सुरु भएको संवाद कार्यक्रमले यस्ता हिंसाको रोकथाम तथा प्रतिकार गर्ने सहयोग पुग्ने जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले बताएका छन । यस्ता कार्यक्रमका लागि समन्वय समितिका तर्फबाट गर्न सकिने सहयोगका लागि सधै प्रतिबद्ध रहेको पनि समन्वय समिति प्रमुख रोकायाले बताए ।

त्यस्तै बडिमालिका नगरपालिका नगरउपप्रमुख नन्दा थापाले यो परियोजनामार्फत समुदाय स्तरमै गएर गरिने जोडि संवाद कार्यक्रमले जोडि र उनका परिवारमा आपसी मेलमिलाप, समझदारी र सद्भाव एकअर्का प्रतिको विश्वासको वातावरण सिर्जना हुने विश्वास व्यक्त गरेकी छन । यस्ता कार्यक्रमले परिवारका साथै सभ्य र सु सस्कुंत समाज निर्माणमा ठुलो भूमिका रहने र पालिकाबाट गर्ने सकिने सहभोगका लागि आफू तयार रहेको उनले बताइन ।

जोडि संवाद तथा छलफल कार्यक्रम भौनेराको सत्यवादी माविमा गरिएको थियो । वडा अध्यक्ष डम्मर महतको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया प्रमुख अथिति रहेका थिए ।

त्यस्तै विशिष्ट अथिति बडिमालिका नगरउपप्रमुख नन्दा थापा, अथिति वडा सदस्य मान बहादुर नेपाली, पीसविन कार्यक्रम प्रबन्धक धर्म बहादुर रोकाया, बडिमालिका नगरपालिका महिला शाखा सहायक अधिकृत बिन्दु बडाल, पीसविन कार्यसमिति सदस्य दुर्गा थापा, सिएमसी नेपाल प्रतिनिधि जानकी शाहलगायत रहेका थिए ।

पीसविन जिल्ला परियोजना संयोजक त्रिभुवन शाहले सञ्चालन गरेको छलफल कार्यक्रममा १० जोडि समुह, पिसविन सामुदायिक स्वयंसेवक विरेन्द्र रावल, ईन्द्रकला दानीलगायत पत्रकारको सहभागीता रहको थियो ।

सम्बन्धित तस्बिरहरु

No description available.

No description available.

No description available.

No description available.

No description available.No description available.

चर्चामा

सम्बन्धित समाचार