सामाजिक कुसंस्कार, कुरिती र विभेदको रुपमा रहेको छाउपडी कुप्रथाको अन्त्यको लागी वाजुरा जिल्लामा धार्मीक अगुवाको रुपमा मानिदै आएका धामी झाक्रिहरु सक्रिय बन्दै गएका छन् । विभेद न्युनिकरण अभियान सन्चालन गरिरहेका छन जसको फलस्वरुप समुदायमा महिनावारीको समयमा महिला र किशोरीमाथी गरिने विभेद न्युनिकरणमा ठुलो सहयोग पुगिरहेको छ।
सुदूर पश्चिम प्रदेश लगायत नेपालको पहाडी जिल्लाहरूमा सामाजिक समस्याको रूपमा रहेको छाउपडी कुप्रथालाई निरूत्साहित गर्नका लागि नेपाल सरकारले सामाजिक अपराध नै घोषित गरिसकेको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १६८ ले महिनावारी सम्बन्धी सबै किसिमका भेदभाव, लान्छना ,छुवाछूत एवम् अमानवीय व्यवहारहरूलाई दण्डनीय घोषित गरेको अवस्था छ । राष्ट्रिय मर्यादित महिनावारी नीति २०७५ ले मर्यादित महिनावारी व्यवस्थापनलाई नीतिगत रूपमा अख्तियार समेत गरेको छ । सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको पालन गर्दै नेपाल सरकारले छाउपडी प्रथा उन्मूलन निर्देशिका, २०६४ बनाइ लागू गरिसकेको अवस्था छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहको जिम्मेवारी अन्तर्गत छाउपडी जस्ता विभिन्न सामाजिक कुरीति र अन्धविश्वास अन्त्य गर्ने, गराउने भनी स्पष्ट व्यवस्था समेत गरिसकेको छ । यती हुदाहुदै पनि नेपाल सरकारले बन्देज लगाएको छाउपडी कुप्रथा सुदूर पश्चिम प्रदेशका सवै जिल्लामा र बाजुरा जिल्लामा अझ पनि आंशिक रूपमा रहेको पाइन्छ ।
किशोरी तथा महिलाहरू महिनावारी हुँदा एक दिन देखि ५/६ दिन सम्म छाउपडी गोठ वा गाई वस्तुको गोठ वा असुरक्षित स्थानमा अलग्गै बस्नुपर्ने, सार्वजनिक धारा, शौचालय प्रयोग र कतिपय सार्वजनिक स्थलहरूमा प्रवेशमा बन्देज लगाउने तथा पोषण युक्त खाने कुरा (दूध, दही, घ्यू, आदि) खान नदिने चलनका कारण किशोरी तथा महिलाहरू विरुद्ध हुने भेदभाव पूणर् व्यवहार, महिला विरुद्धको हिंसा र निजहरूको शिक्षा, स्वास्थ्य र सुरक्षामा समेत गम्भीर असर परेको देखिन्छ ।
यस्तो कुप्रथा उन्मूलन गरी समताको माध्यमबाट समाजमा समानता कायम गर्न नेपाल सरकारले विभिन्न नीति तथा निर्देशिकाहरू बनाइसकेको अवस्थामा समेत यस्ता कुरीतिहरू कलङ्कको रूपमा रहेको हुँदा विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाहरु यस हानिकारक अभ्यासको अन्त्यको लागी निरत्तर अभियान सन्चालन गरिरहेका छन ।
समाज रुपान्तरणको क्षेत्रमा लामो समय काम गरिरहेको सामाजिक संस्था पीसविनले अन्तराष्ट्रिय गैह्र सरकारी संस्था गुड नेवर्स इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा एकिकृत सामुदायिक विकास परियोजना मार्फत वाजुरा जिल्लाका ५ वटा पालिकामा महिनावारी विभेद न्युनिकरणको लागी विभिन्न क्रियाकलाप सन्चालन गरिरहेको छ ।
महिनावारी स्वच्छता व्यवस्थापनका सेवा र सुविधाहरु स्थापनादेखी स्वास्थ्यकर्मी ,विध्यार्थी र समुदायका सर्वसाधारणलाइ महिनावारी शिक्षा सन्चालन गरिरहेको छ। समुदायस्तरमा महिनावारी सम्वन्धि ज्ञान ,प्रवृति र अभ्यासमा वृद्धि गर्दे व्यवाहार परिवर्तन मार्फत महिनावारी विभेदमा न्युनिकरण गर्ने उद्धेश्यले समुदायस्तरमा महिनावारी विभेदको मुख्य कारकको रुपमा मानिएका धामीझाक्रिको परिचालन मार्फत नै विभेद न्युनिकरण अभियान सन्चालन गर्नुलाइ नयाँ अभ्यास र प्रयोगको रुपमा लिइएको छ।“ महिनावारीलाइ अपवित्र,पुर्नजन्मको पाप ,वर्जीत गर्नुपर्ने,देवी देउताको श्राप आदिजस्ता गलत मान्यताका कारण पनि धामीझाक्रिसंग विभेदको सम्वन्धको वुझाइ समाजमा गहिरो जरो गाडिरहेको अवस्थामा धार्मिक अगुवाहरुसंगका सैयौ अन्तरक्रिया, वैठक ,तालिम र सचेतनामुलक कार्यक्रम पश्चात स्वस्फुर्त रुपमा धामी झाक्रिहरु म्हिनावारी विभेद विरुद्ध गाउ गाउमा सचेतना फैलाउन लाग्नु परियोजनाको प्रमुख र महन्वपूणर् उपलव्धि रहेको जानकार बताउछन । हाल जिल्लाको वुढिगंगा नगरपालिका ,त्रिवेणी नगरपालिका ,वडिमालिका नगरपालिका, खप्तड छेडेदह गाउपलिका र गौमुल गाउपालिकाकामा (१ पालिकामा ५ जना अभियानकर्ता) जम्मा २५ जना धामीहरु परिचालन भइरहेका छन। उनीहरु पलिका भित्रका विभिन्न टोल ,विध्यालय र सामाजिक कामहरु भएको ठाउमा गएर महिनाको कम्तीमा २ सेसन १ जनाले महिनावारी विभेद न्युनिकरणका लागी छलफल चलाउछन ।
विशेष गरेर धामीझाक्रिहरुको त्यो पनि महिनावारीको विषयमा छलफल चलाउन कसरि सम्भव भयो? र यो अभियान कत्तिको प्रभावकारी हुदैछ भन्ने विषयमा यो अभियानको नेतृन्व गरिरहेका धामी श्री देवराज जैशी यसो भन्नुहुन्छ “सुरुका दिनहरुमा वा्रम्हणको परिवार र धार्मीक अगुवा भएकै कारण मलाइ महिनावारी सम्वन्धी ज्ञान थिएन र अरुले भनेको कुरामा सहमत हुदा नकारात्मक धारणा रहेको थियो जव म पीसविन र गुड नेवर्सका विभिन्न महिनावारी सम्वन्धी सचेतनाका कार्यक्रममा सहभागी भए ती कार्यक्रमवाट शिक्षा लिदै प्रभावित भएर अहिले गाउवस्तीमा महिनावारी सम्वन्धी अभियान सन्चालन गरिरहेको छु र सामाजिक कुसस्कारमा रहेको छाउपडी कुप्रथाको अन्त्यको लागी सवैलाइ एक हुन अनुरोध गर्दछु। हामीले महिनावारी विभेद न्युनिकरणवारे कुरा गर्दा समुदायका मानिसहरु देवताका धामी नै त महिनावारी विभेद हटाउन लागेका छन भने हामीले विस्वास गर्नुपर्छ भनेर सहमत हुने हुदा कार्यक्रम प्रभावकारी हुदै आइरहेको छ” धामी देवराज जोशी महिनावारी विभेद विरुद्ध आफुमात्र अभियानमा छैनन उनका नजिकका धामीहरुलाइ समेत संगै लिएर सिकाउछन र अभियानमा सहभागि गराउछन।
महिनावारी विभेदको एक कारकका रुपमा मानिदै आएका धामीझाक्री नै छाउपडी कुप्रथाको अन्त्यको अभियानमा सहजीकरण गर्न थालेपछी समुदायस्तरमा राम्रो प्रभाव परेको पाइन्छ र स्थानिय तहहरुले पनि सामाजिक सचेतनाका क्रियाकलापमा र समुदायमा रहेका कुरिती कुसस्कार र हानिकारक अभ्यासको अन्तका लागी जिल्लाभरी नै धार्मीक अगुवाहरुलाइ परिचालन गर्न जरुरी देखिन्छ ।
(लेखक महेशराज जैशी सामुदायिक विकास परियोजनाका जनस्वास्थ्य अधिकृत हुन्)