• होमपेज
  • बडिमालिका
  • अनेरास्ववियुद्धारा विद्युत प्राधिकरण बाजुरामा ध्यानाकर्षण

अनेरास्ववियुद्धारा विद्युत प्राधिकरण बाजुरामा ध्यानाकर्षण

  • आइतवार, साउन २१, २०८०
अनेरास्ववियुद्धारा विद्युत प्राधिकरण बाजुरामा ध्यानाकर्षण

बाजुरा– बाजुरामा राष्ट्रिय प्रशारण लाइनको बिजुली सधै अनियमित हुने गरेको भन्दै अनेरास्ववियु बाजुराले विद्युत प्राधिकरण बाजुराको ध्यानाकर्षण गराएको छ । राति केहि समय बिजुली आएपनि दिउँसो भने झ्याप झुप हुँदा सेवा प्रवाहमा समस्या भइरहेको भन्दै अनेरास्ववियुले विद्युत प्राधिकरण बाजुराका प्रमुख ललित कुमार मण्डललाइ ध्यानकार्षण गराएको अनेरास्ववियुले जनाएको छ ।

बत्ती अनियमित हुँदा एसइइका बिध्यार्थि, सदरमुकाम मार्तडीका विभिन्न कार्यालयहरुमा सेवा प्रवाहमा समस्या भएको भन्दै प्राधिकरणको ध्यानाकर्षण गराएको अनेरास्ववियुका प्रकाश खड्काले बताएका छन । दैनिक बिजुली आउने जाने समस्याले कामकाज प्रभावित हुनुका साथै जिल्लाका भिनिन्न ठाउँबाट एसईईको ग्रेडबद्धि परीक्षा दिन आएका बिद्यार्थीहरुलाई समेत समस्या भइरहेकाले तत्काल यसको समाधान हुनु पर्ने अनेरास्ववियुले जनाएकाे छ ।

त्यस्तै त्रिवेणी साना जलबिद्युतको ठेक्का भइसकेकाले तुरुन्तै काम सुचारु गरी बिद्युतको लोडसेडिङ कम गर्न जस्ता आसवाशन पुरा गर्न पनि अनेरास्ववियु बाजुराले माग गरेको छ । यदि उक्त माग  पुरा नभए आन्दोलनमा उर्तिने समेत अनेरास्ववियु बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार