लक्ष्मीराज पाध्याय– बडिमालिका नगरपालिकामा नवप्रबद्धन कार्यक्रम मार्फत बडिमालिका नगरपालिकामा अनलाइन प्रणालीमा जोडिने भएको छ । नवप्रबद्धन साझेँदारी कार्यक्रम मार्फत बडिमालिका नगरपालिका सबै वडा कार्यालय र केही बिद्यालयमा अनलाईन प्रबिधिमा जाने भएको हो । सबै वडा कार्यालय र केही बिद्यालयमा अनलाईन प्रबिधिमा जोड्ने कार्य भईरहेको नगर प्रबक्ता धर्मराज पाध्यायले बताए । नवप्रबद्धन साझेदारी कार्यक्रमले नगरपालिका र वडा कार्यालयबाट हुने सबै कामहरुलाई अनलाइन र डिजिटल बिधीबाट गर्ने उदेस्यले सो परियोजना संचालन गरिएको नगर प्रबक्ता पाध्यायले बताए ।
आगामी आर्थिक बर्ष देखी बडिमालिका नगरपालिकाले दर्ता चलानी, सिफारीस, सुचीदर्ता, योजना, राजस्व, ब्यबासय दर्ता लगायतका कार्यहरु अनलाईन प्रबिधीबाट गरिने नगर प्रबक्ता पाध्यायले बताए । त्यसै गरी बिपत ब्यबस्थापन, न्याकि समिति, सामाजिक बिकास, एसएमएस लगायतका कार्यहरु अनलाईन प्रबिधिबाट नै गरिने सो परियोजनको उदेस्य रहेको र सोही बमोजिम कार्यहरु गरिने नगरपालिकाका सुचना प्रबिधी अधिकृत हेम थापाले बताएका छन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको नवप्रबर्तन साझेदारी कोष कार्यक्रमसंगको साझेदारमा सो कार्यक्रमलाइ अगाडी बढाउन मालिका माबि बालमन्दिर आधारभुत बिध्यालय र सबै वडा कार्यालयहरुमा डिजिलाइजेशन गरिने बडिमालिका नगरपालिका सूचना प्रबधि अधिकृत थापाले बताए ।
परियोजनाले तालिम तथा अभिमुखीकरणका कार्यहरु, अनुगमन तथा मुल्याकंन, प्रबिधीमैत्री शिक्षाका साथै गुनासो सुनुवाई कार्यक्रमहरु संचालन गरि सोही अनुसार कार्यक्रमहरु संचालन गरिने सूचना प्रबधि अधिकृत थापाले बताए ।
त्यसै गरी परियोजनाले नगरपालिकाको कार्यालय वडा कार्यालय र बिद्यालयहरुमा उपकरण तथा सप्टियर र आइसिटी साम्रगीहरु सहयोग गरि केही ठाउँमा जडान कार्य सम्पन्न भईसकेको र केही ठाउँमा जडान कार्य भईरहेको प्रमुख प्रशासकिय अधिकृत रंगमल बिकले बताए ।
बिद्यालयहरुमा सिसि क्यामरा जडानका साथै मल्टिमिडिया प्रोजेक्टर सहयोग गरेको छ भने वडाहरुमा सोलार, कम्पुटर सर्भर सोलार ब्यकअप लगायतको प्रबिधी जडानको कार्य भइरहेको प्रमुख प्रशासकिय अधिकृत विकले बताए ।नगरपालिकाको कार्यालयमा नवप्रबद्धन कार्यक्रम परिचयात्क कार्यक्रम देखी बिभिन्न कार्यक्रमहरु सम्पन्न भइसकेको र केही कामहरु बाकी रहेको सूचना प्रबधि अधिकृत थापाले बताए । कार्यक्रम कार्यान्वयन र यसको उपयोग सम्बन्धी बिभिन्न छलफल गोष्ठीका कार्य सम्पन्न भइसकेका र अनलाइन प्रबिधिहरु समापनको चरणमा रहेको बडिमालिका नगरपालिकाले जनाएको छ कार्यक्रमको साझेदारमा नगरपालिका सबै वडा कार्यालय र २ ओटा बिद्यालयबाट नवप्रबद्धन कार्यक्रमको सुरुवात भएको नगरपालिकाले जनाएको छ ।
बडिमालिका नगरपालिकाको ६० लाख र सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री परिषद नवप्रवर्तन साझेदार कोषको १ करोड ४० लाखामा सो कार्यक्रम संचाालन भएको नगरपालिकाले जनाएको छ । नवप्रबद्धन कार्यक्रमको उदेस्य शुसासन, सार्बजनिक सेवा प्रवाह र स्थानिय आर्थिक बिकासका क्षेत्रमा काम गर्ने रहेको सुदुर पश्चिम प्रदेश मुख्यमन्त्री परिषद नवप्रवर्तन शाझेदार कोषले जनाएको छ ।
नेपाल संघीयतामा प्रवेश गरेसँगै स्थानीय तहहरू घर-आँगनको सिंहदरबारमा रूपान्तरित भएका छन् । यिनले मूलतः स्थानीय सुशासन अभिवृद्धि गर्ने, स्थानीय सेवा प्रवाहलाई चुस्त र दुरुस्त तुल्याउने तथा स्थानीय आर्थिक विकासका क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गर्नुपरेको छ । यिनै कुरालाई मध्यनजर राखी स्थानीय सरकारको डिजिटल अभिलेखिकरण तथा प्रतिवेदन परियोजना स्थानीय तहलाई आर्थिक विकास, सुशासन, सेवाप्रवाहमा प्रभावकारिता लगायतको विशेष क्षेत्रका लागि साझेदारी कोष (आइपीएफ) सहायक सिद्ध हुने बताएका छन । नवप्रवर्तन साझेदारी कोषको कार्यान्वयन सिस्टममा रहेको अन्यौलता अन्त्य गर्दै संघीयताको औचित्य पुष्टि गर्ने आधार समेत रहेको नगरपालिकाले जनाएको छ ।
नवप्रवर्तन साझेदारी कोषका माध्यमबाट प्रदेश तथा स्थानीय तहको सह-लगानीमा नविनतमा परियोजनाहरू सञ्चालन गर्ने निर्देशिकामा उल्लेख छ । ‘स्थानीय आर्थिक विकासको प्रवर्द्धनका निमित्त नवप्रर्वतनको अवधारणालाई संस्थागत गर्नुका साथै नवप्रवर्तनकारी योजना कार्यान्वयन गर्ने क्षमता विकास गर्न सहयोग पुग्ने परियोजनाको लक्ष्य रहेको छ ।