शुक्रबार, असार १९, २०८३
  • होमपेज
  • समाचार
  • विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिए लेखापाल

विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिए लेखापाल

  • शनिबार, जेष्ठ २०, २०८०
सेयर गर्नुहोस् :
विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिए लेखापाल

मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् ।शनिबार बिहान सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा शनिबार बिहान ६ : ५० बजेतिर भेटिएका हुन् । ढकाल सोही विद्यालयको लेखापाल हुन् ।

उनी आज बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेको खुलेको प्रहरीले बताएको छ । आगोले शरीरका अधिकांश भाग जलेका कारण उनको अवस्था गम्भीर छ ।

गम्भीर अवस्थाका ढकाललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्‍याइएको छ । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा उनने आफैंलाई आगो लगाएको देखिएको प्रहरीले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार