• होमपेज
  • समाचार
  • पोखरा महानगरपालिका १८ को मतगणना पुनः गर्न उच्च अदालतको आदेश

पोखरा महानगरपालिका १८ को मतगणना पुनः गर्न उच्च अदालतको आदेश

  • मङ्लबार, चैत्र २१, २०७९
पोखरा महानगरपालिका १८ को मतगणना पुनः गर्न उच्च अदालतको आदेश

पोखरा — गत वैशाख ३० मा भएको स्थानीय तहको चुनाव अन्तर्गत पोखरा महानगरपालिका १८को मतगणना पुनः गर्न अदालतले आदेश दिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १८ को मतगणना पुनः गर्न उच्च अदालत पोखराले मंगलबार आदेश जारी गरेको हो ।
अदालतले वैशाख २० गते पुनः मतगणना गर्न आदेश दिएको छ ।

मतगणनामा नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिनाले ३ मतले जीतेका थिए । उनले एमालेका पुस्कलबहादुर थापालाई पराजित गरेका हुन् । शिवले १६ सय ४३ मत ल्याउँदा पुस्कलबहादुर थापाले १६ सय ४० मत ल्याएका थिए ।  ३ मतले पराजित भएका थापाले ५ भोट मिसिङ भएको भन्दै पुनः मतगणना हुनुपर्ने भन्दै अदालतमा रिट हालेका थिए ।

चर्चामा

सम्बन्धित समाचार