आइतवार, मंसिर २२, २०८२

देश खाने भए !!

  • मङ्लबार, फाल्गुन २३, २०७९
देश खाने भए !!

कुहिएको सिनाे झै भैसक्याे ब्यबस्था
ठुलो खाडल र गहिराइमा जनताको अबस्था

चाेरि डकैती र झुट लाई प्रसय दिने
जनताको पसिना र खुन पिईरहने

चाेर निर्धक्क घुम्छ हत्याराे लाई सांसद दिन्छ
गुन्डागर्दी राज कानुन काे खिल्ली उडाउँछ

जेलबाट साँसद जित्छ हत्याराेले चुनाव मा
नेताहरू ढाेग्न जान्छन हत्याराे लाई जेलमा

कस्ता नेता कस्तो देशमा कस्ता शाषक जन्मे
जनता र टेक्ने माटो अाफ्नाे मात्रै सम्झे

नेता सबै अपराधी कित्ता बाट अाका
राज्य बागडोर सधैं तिनकै हातमा पाका

कमजोरी जनताको छ फाइदा तिनले लिए
जनताको कुरा नगराै देशै खाने भए ।।

चर्चामा

सम्बन्धित समाचार