शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बाघ संग २५ मिनेट लडाई पर्यो, अन्तिममा कुकुरले बचायो: घाइते राजमल शाही

बाघ संग २५ मिनेट लडाई पर्यो, अन्तिममा कुकुरले बचायो: घाइते राजमल शाही

  • सोमवार, फाल्गुन ८, २०७९
बाघ संग २५ मिनेट लडाई पर्यो, अन्तिममा  कुकुरले बचायो: घाइते राजमल शाही

अर्थ जङ्ग शाही/ बझाङ — बझाङको खप्तडछान्ना गाउँपालिकामा बाघको आक्रमणमा परि हुम्लाका एकजना घाइते भएका छन् । खप्तडछान्ना गाउँपालिकामा रहेको पाटादेवल नजिकै खप्तडको फेदमा रहेको जङ्गलमा भेडा,च्याङ्ग्रा चराईरहेको बेला हुम्ला सिमिकोट-७ घर भई बझाङमा भेडा च्याङ्ग्राको ब्यवसायी गर्दै आएका राजमल शाहीलाई ६ गते दिउँसो करिब ११ बजे बाघले आक्रमण गरि खुटा र हातमा चोट लागेको उनका आफन्त यज्ञ बहादुर शाहीले बडिमालिका खबरलाई बताएका छन्

घाइते शाहीको यतिबेला सदरमुकाम जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको उनका आफन्तले जनाएको छ। उहाँको कुकुरले उनलाई बचाउन सफल भएको घाइते शाही बताउन्छन कुकुर २ वटै घाइते अवस्थामा रहेका छन । उनी हुम्ला घर भएको ब्याक्ति भेडिगाेठकाे लागि बझाङमा छन । शाही दिउसो जङ्गलमा भेडाबाख्रा चराईरहेका थिए।

चर्चामा

सम्बन्धित समाचार