मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • ग्याँस सिलिण्डर विस्फोटमा परेकी सांसद चन्द्र भण्डारीकी आमाको निधन

ग्याँस सिलिण्डर विस्फोटमा परेकी सांसद चन्द्र भण्डारीकी आमाको निधन

  • बिहिबार, फाल्गुन ४, २०७९
ग्याँस सिलिण्डर विस्फोटमा परेकी सांसद चन्द्र भण्डारीकी आमाको निधन

काठमाडौं –    ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार १०:५७ मा भण्डारीको मृत्यु भएको हो ।

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते भएका थिए ।

सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार