त्रिभुवन विश्वविद्यालयले हिउँदे विदा बढीमा २२ दिनसम्म दिन सकिने जनाएको छ । देशभरका सम्पूर्ण आंगिक क्याम्पस तथा केन्द्रीय विभागहरूमा पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म हिउँदे विदा दिन सकिने जनाएको हो ।
त्रिवि कार्यकारी परिषद्को बैठकले पूर्व व्यवस्था अनुसार शिक्षक र विद्यार्थीहरूलाई दिइँदै आएको हिउँदे विदा यो वर्ष आ–आफ्नो निकायको अनुकूलता अनुसार गर्ने निर्णय गरेको हो । परीक्षा सञ्चालन, कक्षा सञ्चालन लगायतका विषयलाई ध्यानमा दिएर पुष १७ गतेदेखि बढीमा २२ दिनसम्म बिदा दिन भनेको हो ।
कोरोना महामारीका कारण विगतमा हिउँदे विदा समेत कटौती गरिएको थियो । २ वर्षसम्म हिउँदे विदा नदिएको त्रिविले गत वर्ष बढीमा १० दिन मात्रै हिउँदे विदा दिएको थियो । त्रिविले लामो समयपछि स्ववियु चुनाव समेत गराउन खोजिरहेको छ । फागुन २८ गते चुनाव गर्ने गरी त्रिविले तयारी अगाडि बढाएको छ । जसले गर्दा पनि यो वर्षको विदामा समेत कडाइ गरिएको हो ।