बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • समाज
  • बझाङमा ढुङ्गा लागेर गम्भीर घाइते भएकी महिलाको हेलिकप्टर मार्फत उद्धार

बझाङमा ढुङ्गा लागेर गम्भीर घाइते भएकी महिलाको हेलिकप्टर मार्फत उद्धार

  • सोमवार, कार्तिक २१, २०७९
बझाङमा ढुङ्गा लागेर गम्भीर घाइते भएकी महिलाको हेलिकप्टर मार्फत उद्धार

अर्थ जङ शाही/ बझाङ — बझाङमा भीरबाट ढुङ्गा खस्दा गम्भीर घाइते भएकी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको साइपाल गाउँपालिका वडा नं ३ माथिल्लो कायाकी स्थानीय एवम् वडा नं ३ कि वडा सदस्यसमेत रहेकी डिकी गुरुङलाई बझाङमा उपचार सम्भव नभएपछि सोमबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्वार गरिएको हो ।

२८ वर्षीया गुरुङ आइतबार साँझ घर नजिकैको जालिकाँडा भन्ने जङ्गलमा दाउरा काट्ने क्रममा माथिबाट ढुङ्गा खस्दा गम्भीर घाइते भएको साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले जानकारी दिनुभयो ।

गुरुङको टाउकोमा गहिरो चोट लागेको र अवस्था गम्भिर भएकाले सोमबार हेलिकप्टर मार्फत नेपालगञ्ज रेफर गरिएको बताइएको छ । उद्धार खर्च ५ लाख बराबरको रकम गाउँपालिकाले ब्यहोर्ने जनाएको छ

चर्चामा

सम्बन्धित समाचार