• होमपेज
  • समाचार
  • मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना, पाँच जनाको मृत्यु

मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना, पाँच जनाको मृत्यु

  • आइतवार, कार्तिक १३, २०७९
मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना,  पाँच जनाको मृत्यु

मनकामना दर्शन गर्न जाँदै गरेको बस नवलपुरमा दुर्घटना भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका दर्शन गर्नका लागि तिर्थालु बोकेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २५ जना घाइते भएका छन् । अहिले घाइतेको उद्धार भइरहेको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार