सोमवार, कार्तिक ५, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • आजको मौसम : पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

आजको मौसम : पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

  • बिहिबार, कार्तिक ३, २०७९
आजको मौसम : पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

बिहीबार मुलुकका केही प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

पश्चिमी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले मौसम बदलीसँग केही क्षेत्रमा हल्का वर्षा हुने गरेको हो ।

महाशाखाका अनुसार राति पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रबार पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको हुनसक्ने महाशाखाले अनुमान गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार