• होमपेज
  • समाचार
  • ट्रेलर र जीप ठोक्किँदा दुई जनाको मृत्यु

ट्रेलर र जीप ठोक्किँदा दुई जनाको मृत्यु

  • बुधबार, भदौ १, २०७९
ट्रेलर र जीप ठोक्किँदा दुई जनाको मृत्यु

धादिङ — मार्बल बोकेको ट्रेलर र जीप ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित भारतीय नम्बरको मार्बल बोकेको ट्रेलरले सोमबार बागमती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको जीपलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हनेमा जिपमा सवार धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र सोही स्थानका २५ वर्षीय राजेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार