• होमपेज
  • समाचार
  • झुन्डिएको अवस्थामा बझाङमा आमा, छोरा र छोरी मृत फेला

झुन्डिएको अवस्थामा बझाङमा आमा, छोरा र छोरी मृत फेला

  • बुधबार, साउन २५, २०७९
झुन्डिएको अवस्थामा बझाङमा आमा, छोरा र छोरी मृत फेला

अर्थ जङ शाही/बझाङ — बझाङमा एकै घरका ३ जना मृत भेटिएका छन् । जिल्लाको बुंगल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

२२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा झुन्डिएको अवस्थामा भेटिएको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए।

गएराति मात्रै गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर फर्किएका बताइएको छ । घटनाको अनुसन्धानका लागि सदरमुकाम चैनपुरबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको अवस्थीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार