• होमपेज
  • समाचार
  • बझाङको खप्तडछान्नामा तीन दिन देखी महिला वेपत्ता

बझाङको खप्तडछान्नामा तीन दिन देखी महिला वेपत्ता

  • मङ्लबार, साउन १०, २०७९
बझाङको खप्तडछान्नामा तीन दिन देखी महिला वेपत्ता

अर्थ जङ शाही/बझाङ — बझाङको खप्तडछान्ना गाउँपालिका महिला वेपत्ता भएकी छन् ।

साउन ८ गते बिहान ९ बजेदेखि भैसीँका लागि बनाइएको आफ्नो छोरी रामदेवी उपाध्यायको खरक लामपुछ्रेबाट आफ्नो खरक बलेमेला फर्कने बेला खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ की अन्दाजी ७५ वर्षीया गंगादेवी जोशी बेपत्ता भएकी हुन् ।

आइतबार छोरी रामदेवी उपाध्यायसँग भेटेर आफ्नो भैँसी खरक रहेको स्थान बलेमेला फर्कने क्रममा बेपत्ता भएकी हुन् । यी दुवै स्थान खप्तड राष्ट्रिय निकुञ्जभित्र पर्दछन् ।

३ दिनसम्म घर नफर्किएपछि उनको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीय लागि परेका छन् । यदि कसैले उनलाई भेटाएमा नजिकको प्रहरी वा घरमा खबर गरिदिन उनका छोरा हर्कराज जोशीले आग्रह गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार