• होमपेज
  • समाचार
  • विद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु

विद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु

  • सोमवार, साउन २, २०७९
विद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु

कपिलवस्तु — कपिलवस्तुमा विद्युत प्राधिकरणका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको मायादेवी गाउँपालिका-८ अमाहवामा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारी शैलेन्द्रकुमार पाण्डेयको मृत्यु भएको प्रहरीले जनाएको छ।

कपिलवस्तु नगरपालिका-८ गोपालपुरका पाण्डेयले नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रमा मिटर रिडरको रुपमा ज्यालादारीमा काम गर्ने गरेको बताइएको छ। मिटर ठाउँ सारी गर्न विद्युतको पोलमा लाईन जोड्ने क्रममा करेन्ट लागेका उनको उपचारका लागि कपिलवस्तु अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार