• होमपेज
  • समाचार
  • करेन्ट लागेर वडा सदस्यको मृत्यु

करेन्ट लागेर वडा सदस्यको मृत्यु

  • आइतवार, साउन १, २०७९
करेन्ट लागेर वडा सदस्यको मृत्यु

पर्वत — पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु भएको छ। जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षीय दिपक गुरुङको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो।

गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। उनी गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट सदस्यमा विजयी भएका थिए।

चर्चामा

सम्बन्धित समाचार