• होमपेज
  • समाचार
  • आफ्नै घरमा जलेर वृद्धको मृत्यु

आफ्नै घरमा जलेर वृद्धको मृत्यु

  • शनिबार, असार ३२, २०७९
आफ्नै घरमा जलेर वृद्धको मृत्यु

धनगढी — भक्तपुरमा एक वृद्धको जलेर मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका २ फक्सिङटारमा स्थानीय ८४ वर्षका जगतप्रसाद शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

तीन तले पक्की घरको भुइँतलामा कम्मरदेखि मुनिको भाग जलेको अवस्थामा वृद्धको शव भेटिएको भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए। प्रहरीका अनुसार घरको भुइँतलामा वृद्ध एक्लै बस्थे भने उनका छोरा बुहारी माथिल्लो तलामा बस्थे।

वृद्धको मृत्युको कारण भने खुलेको छैन। ‘वृद्ध अवस्थाको भएकाले चुरोट खाँदा लुगामा आगो लागेको पनि हुन सक्छ वा अरु नै पनि हुन सक्छ, हामी अनुसन्धान गर्दैछौं’ डीएसपी पाण्डेले भने।

चर्चामा

सम्बन्धित समाचार