• होमपेज
  • मनोरञ्जन
  • दमन रुपाखेतीले ‘मेरी बास्सै’को निर्देशकबाट हात झिके

दमन रुपाखेतीले ‘मेरी बास्सै’को निर्देशकबाट हात झिके

  • बिहिबार, असार ३०, २०७९
दमन रुपाखेतीले ‘मेरी बास्सै’को निर्देशकबाट हात झिके

काठमाडौं — कलाकार दमन रुपाखेती हास्य टेलिसिरियल ‘मेरी बास्सै’को निर्देशकको जिम्मेवारीबाट अलग भएका छन् । मंगलबारको एपिसोडबाट आफू ‘मेरी बास्सै’बाट अलग भएको उनले जानकारी दिए ।

रुपाखेतीले भने, ‘प्रोडक्सन टिमसँगको असमझदारीले सिरियल छाडेको हुँ, निर्माण कम्पनी मिडिया हबसँग सम्बन्ध छैन ।’ उनले यस विषयमा विस्तृतमा भने बताउन चाहेनन् ।

तर उनी निकट स्रोतले भने मिडिया हबका सञ्चालक सोम धितालको दबाब थेग्न नसकेर रुपाखेतीले ‘मेरी बास्सै’ छाडेको जनाएको छ । उनले केही समयदेखि हास्य टेलिसिरियल ‘मेरी बास्सै’को निर्देशन गरिरहेका थिए । यो सिरियल नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ । अनलाइनखबरकाे सहयाेगमा । 

चर्चामा

सम्बन्धित समाचार