• होमपेज
  • समाचार
  • २० वर्षपछि अमेरिकी डलर र युरोको भाउ बराबरी

२० वर्षपछि अमेरिकी डलर र युरोको भाउ बराबरी

  • बुधबार, असार २९, २०७९
२० वर्षपछि अमेरिकी डलर र युरोको भाउ बराबरी

एजेन्सी — २० वर्षपछि अमेरिकी डलर र युरोको भाउ बराबरी भएको छ। रुसले युरोपमा इन्धन निर्यातमा कडाइ गरेको असर स्वरूप युरो कमजोर बनेपछि २० वर्षमा पहिलो पटक डलरसँग भाउ बराबरी भएको रोयटर्सले जनाएको छ।

सन् २००२ पछि मंगलबार पहिलो पटक एक अमेरिकी डलर बराबर एक युरो कायम भएको खबरमा उल्लेख छ। अमेरिकी डलरभन्दा युरोको भाउ जहिले पनि बढी नै हुँदै आएको छ। रुसले युक्रेनमा आक्रमण गरेपछि युरोप र अमेरिकाले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन्। प्रतिबन्धको बदलामा रुसले पनि इन्धन निर्यातमा कटौती गर्दा युरोपमा महँगी बढेको छ भने युरोको भाउ कमजोर हुँदै गइरहेको छ।

युरोको भाउ कमजोर हुँदा युरोपेली शेयर बजार पनि घटेको छ। आर्थिक विश्लेषक नील विल्सनले इन्धन कटौतीका कारण युरोपका लागि आउँदा दिन झनै चुनौतीपूर्ण रहेको बताउँदै यसको असर विश्वका धेरै ठाउँमा देखिने चेतावनी दिएका छन्।

चर्चामा

सम्बन्धित समाचार