• होमपेज
  • समाचार
  • मदिराले लट्ठ भएर जवरजस्ती करणी गर्ने बझाङमा एक जना पक्राउ

मदिराले लट्ठ भएर जवरजस्ती करणी गर्ने बझाङमा एक जना पक्राउ

  • शनिबार, असार २५, २०७९
मदिराले लट्ठ भएर जवरजस्ती करणी गर्ने बझाङमा एक जना पक्राउ

अर्थ जङ शाही/ बझाङ — बझाङमा नुहाइरहेकी एक किशोरीमाथि जबरजस्तीकरणी गर्न खोज्ने एक जना ४४ वर्षीय युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका ०४ खिरातडीका ४४ वर्षिय बिर्ख नेगी रहेका छन् । यही २१ गते साँझ रोपाइँ सकेर घर नजिकै धारामा नुहाइरहेकी १७ वर्षीया किशोरीलाई मदिरा सेवन गरि बलात्कारको प्रयास गर्न खोज्ने नेगीलाई २३ गते पक्राउ गरिएको हो ।

किशोरीलाई धाराबाट समातेर नेगीले धाराभन्दा केही तल लगेर बलात्कारको प्रयास गर्दा किशोरीले चिच्याउँदा स्थानीयहरुले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेका नेगी हिरासतमा राखि शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक जनक ढुंगानाले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार