• होमपेज
  • समाचार
  • सङ्खुवासभामा मलामी बोकेको ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु, ४४ घाइते

सङ्खुवासभामा मलामी बोकेको ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु, ४४ घाइते

  • शुक्रबार, असार २४, २०७९
सङ्खुवासभामा मलामी बोकेको ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु, ४४ घाइते

खाँदबारी — संखुवासभाको चैनपुर नगरपालिका–१० मा मलामी गएर फर्किने क्रममा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

खाँदबारी–लेगुवा सडक खण्डको दुमकटामा शुक्रबार दिउँसो ट्याक्टर पल्टिदा मलामीहरु केशव कार्की र गंगाबहादुर तामाङ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

दुर्घटनामा ४४ जना घाइते भएका छन् ।

को २ त ३९६१ नम्बरको ट्याक्टर दुर्घटना चैनपुर–१० का २४ वर्षीय तामाङ र चैनपुर–९ का ४६ वर्षीय कार्कीको मृत्यु भएको डीएसपी सुवेदीले बताए ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

खराङबाट मलामीलाई खाजा बोकेर पिलुवा खोलामा गइ दाहा संस्कार गरी पुन: मालामी बोकी फर्कने क्रममा ट्याक्टर दुम्कटामा दुर्घटनामा परेको हो ।

घाइतेको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सवारी चालक चैनपुर–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई अस्थायी प्रहरी चौकी सभाखोलाले नियन्त्रणमा लिएको जनाएको छ ।

ट्याक्टरको लोडपिन अचानक भाँचिन गइ रोडको बाँयातर्फ पल्टिएको प्रहरीले जनाएको छ । चैनपुर–१० की ९० वर्षीया कौशिला अधिकारीको मलामी गएकाहरु दुर्घटनामा परेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार