शुक्रबार, कार्तिक ३०, २०८१
  • होमपेज
  • समाज
  • झोलुङ्गे पुलले प्रहरीको सुबिधामा बिभेद, कवाडीमा बजार एउटै तर सुबिधा फरक

झोलुङ्गे पुलले प्रहरीको सुबिधामा बिभेद, कवाडीमा बजार एउटै तर सुबिधा फरक

  • शुक्रबार, असार १७, २०७९
झोलुङ्गे पुलले प्रहरीको सुबिधामा बिभेद, कवाडीमा बजार एउटै तर सुबिधा फरक

जंग रावल — बाजुरको सर्वाधिक बिकट र हुम्लाको सिमानामा बिचमा रहेको कवाडी बजारमा कार्यरत प्रहरीले पाउने सेवा सुबिधामा फरक फरक रहेको छ । कवाडी बजारको बिचमा बिच्छँया बाट आउने कवाडी नदि रहेको छ ।
नदिको वारितिर बाजुराको कवाडी बजार रहेको छ, भने पारितिर हुम्लाको कवाडी रहेको छ । यी दुबै तिर प्रहरी चौकी रहेका छन् । झोलुङ्गे पुलले मात्र सिमाना छुटयाएको छ । दुबैको बजार बाजुरा तिर रहेको कवाडी बजारमा हो ।
२ मिनेटको दुरीमा दुई प्रहरी चौकी रहेका छन् । बाजुरा तिर कवाडी प्रहरी चौकी रहेको छ, भने हुम्ला तिर मैला प्रहरी चौकी रहेको छ । हुम्लामा काम गर्ने प्रहरी जवान राशन भत्ता २० हजार पाउने गरेको छन् । बाजुरामा कार्यरत प्रहरीको राशन बाफत ८ हजार ५ सय पाउने गरेका छन् ।
“बिहाना बेलुकी चियाँ खाने ठाँउ एउटै, खाजा खाने ठाँउ र खाद्यन्न किन्ने पसल एउटै छ, तर उहाँहरुले र हामीले पाउने सुबिधा फरक रहेको कवाडी प्रहरी चौकीकामा कार्यरत प्रहरीले वताएका छन्” । चौकी स्थापना भएको ठाँउ दुई मिनटको फरकमा छ, बिचमा पुलले सिमाना छुट्याएको छ तर सुबिधा भने बाजुराको भन्दा हुम्ला जिल्लाको प्रहरी जवानले ११ हजार ५ सय बढि पाउने गरेका छन् ।
बाजुराको कवाडी प्रहरी चौकी सदरमुकाम मार्तडी बाट तिन दिन पैदल दुरीमा रहेको छ भने हुम्लाको मैला प्रहरी चौकी सिमकोट बाट चार दिन पैदल दुरीमा रहेको छ । यी ठाँउ दुबै जिल्लाको सर्वाधिक बिकटका रुपमा रहेका छन् । राज्यले जिल्लाको हिसाबले सुबिधा दिने भएकाले कवाडी प्रहरी चौकी होस वा सदरमुकाम मार्तडीमा कार्यरत प्रहरी होस रासन भत्ता एउटै रहेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी पमुख डिएसपी सुर्य थापाले वताएका छन् ।
भौगोलिक बिकट देखि लिएर अबस्था एउटै छ, महँगी पनि एउटै छ, सामान किन्ने ठाँउ एउटै छ, तर सुबिधा भने निकै फरक रहेको कवाडी प्रहरी चौकीका प्रहरीले जवानले वताएका छन् । हुम्ला जिल्लाका प्रहरी प्रमुख प्रहरी नयाव उपरिक्षक भिष्म ओझाले भने कवाडीमा बाजुरा र हुम्ला क्षेत्रमा कार्यरत प्रहरीको बजार एउटै हो, सेवा भने फरक पाउँने गरेको वताए । अन्य जिल्लामा जिल्लाभरी एउटै रासन भएपनि हुम्ला भने तत्लो भेगमा २० हजार रहेको छ । माथिल्लो भेगमा २६ हजार रहेको हुम्लाका डिएसपी ओझाले वताए । माथिल्लो भेग चिन सँग जोडिएको नाम्ङखा प्रहरी चौकी रहेको छ ।
कवाडी बजारमा चामल मोटो प्रतिकेजी ६० देखी ७० रुपैया, नुन प्रतिकेजी ३०, दाल, तरकारी लगायत अन्य दैनिक उपभोग्य सामान महँगो मुल्यमा किनेर खाने गरेका छन् । हुम्लामा कार्यरत प्रहरीलाई त अली अली पुग्छ, तर बाजुरामा काम गर्ने प्रहरीलाई भने यो सुबिधाले नपुग्ने गरेको प्रहरीले वताएका छन् ।
अर्कोतिर एउटै जिल्लामा सदरमुकाम, सुबिधा भएको ठाँउमा कार्यरत प्रहरी र बिकटमा काम गर्ने प्रहरीको सेवा सुबिधा एउटै रहेको छ । बाजुराको बुढिगंगा नगरपालिकामा रहेको मौरे प्रहरी चौकी सडकको पहुँच र बाजुराको विकसीत भएको ठाँउको प्रहरी चौकी हो । त्यो चौकीमा काम गर्नेले पनि त्यहि सेवा पाँउछन्, दुर्गममा कार्यरत प्रहरी चौकी बिच्छँया, कवाडी, मुक्तिकोट लगायत विकटमा रहेका प्रहरी चौकीमा पनि त्यहि भत्ता पाउने गरेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
शुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजि मोहन आचार्यले भने जिल्लाको दर अनुसार फरक रहेको छ । त्यो सरकारले निर्णय गर्ने हो त्यहि अनुसार रासन दिने गरेको आचार्यले वताए । जिल्ला भन्दा पनि भौगोलिक अबस्था अनुसार सेवा सुबिधाको ब्यबस्था गरेमा मात्र प्रहरीलाई न्याय हुने नत्र भन्ने बिकटमा कार्यरत प्रहरीको सेवा सुबिधामा बिभेद भएको छ ।

चर्चामा

सम्बन्धित समाचार