• होमपेज
  • समाचार
  • विद्यालय गएका छात्र खोलामा मृत भेटिए

विद्यालय गएका छात्र खोलामा मृत भेटिए

  • सोमवार, असार १३, २०७९
विद्यालय गएका छात्र खोलामा मृत भेटिए

काठमाडौं — खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत भेटिएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका १३ वर्षीय छात्र रविन दाहाल स्थानीय अखम्कु खोलामा मृत भेटिएका हुन्।

गत ८ असारमा बिहान ९ बजे विद्यालय हिँडेका छात्रको आइतबार खोलाको सानो दहमा नांगो शव फेला परेको बताइएको छ। धान रोप्नका लागि कुलो सफा गर्न गएका स्थानीयले बालकको शव दहमा डुबिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार