• होमपेज
  • समाचार
  • घरको छतबाट खसेर बालकको मृत्यु

घरको छतबाट खसेर बालकको मृत्यु

  • शनिबार, असार ११, २०७९
घरको छतबाट खसेर बालकको मृत्यु

रौतहटको दक्षिणीभेग राजपुर नगरपालिकामा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ। राजपुर–५ निवासी झुनु साहका तीन वर्षीय छोरा शिवजी साह आफ्नै घरको छतबाट खसेका थिए ।

उनको उपचारको कर्ममा मृत्यु भएको स्थानीय एमाले नेता किरण साहले बताएका छन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार