• होमपेज
  • समाचार
  • हजुरआमाको हत्या गरेको आरोपमा नाती पक्राउ

हजुरआमाको हत्या गरेको आरोपमा नाती पक्राउ

  • शुक्रबार, असार १०, २०७९
हजुरआमाको हत्या गरेको आरोपमा नाती पक्राउ

सुनसरी — हजुरआमाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। सुनसरी ईटहरी उपमहानगरपालिका १६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया तुलसा खड्काको हत्या गरेको अभियोगमा झापा गौरादह नगरपालिका ३ धोबिनी चोक बस्ने हरि भन्ने २९ वर्षीय निरबहादुर खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

खोटाङ बराहपोखरी गाउँपालिका ५ पानिटारस्थित दुधकोशी नदीको बगरमा बालुवाको खाल्डोभित्र गत वैशाख ३१ गते दिउँसो तुलसाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा उनकै नाती निर बहादुर खड्काले हत्या गरेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

अनुसन्धानको क्रममा निर बहादुरले हजुरआमालाई वैशाख २६ गते ईटहरीबाट खोटाङ चिसापानीतर्फ लैजादै गर्दा बराहपोखरी गाउँपालिका ५पानीटारस्थित दुधकोशी नदीको बगरमा हत्या गरी खाल्डोमा पुरेर फरार भएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार