• होमपेज
  • समाचार
  • बैतडीमा कालाजारबाट एकको मृत्यु, ७ जनामा संक्रमण

बैतडीमा कालाजारबाट एकको मृत्यु, ७ जनामा संक्रमण

  • बुधबार, असार ८, २०७९
बैतडीमा कालाजारबाट एकको मृत्यु, ७ जनामा संक्रमण

धनगढी — बैतडीमा कालाजारबाट एक जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको हालसम्म ८ जनामा कालाजारको संक्रमण देखिएको र तीमध्ये शिवनाथका एक जनाको केही महिना पहिला मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

अहिलेसम्म जिल्लाको दशरथचन्द नगरपालिकाका ४, सुर्नया गाउँपालिकाका २ र दोगडाकेदार गाउँपालिकाका १ जनामा कालाजार देखिएको कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। कालाजार भएमा उच्च ज्वरो आउने, छालामा विभिन्न खालका संक्रमणहरु देखा पर्ने जस्ता लक्षण देखिने गरेको बताइएको छ।

यो रोग एक प्रकारको भुसुनाको टोकाइबाट सर्ने भएकाले व्यक्तिगत र वातारणीय सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीले सुझाएका छन्।

चर्चामा

सम्बन्धित समाचार