• होमपेज
  • समाचार
  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • सोमवार, असार ६, २०७९
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मकवानपुर — प्रहरीले २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना युवकलाई पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा मनहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बा रहेका छन् ।

ब्रम्हदेबी सामुदायिक जंगलको कुलोमा लगि करणी गरेको उजुरीको आधारमा प्रहरीले उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार