• होमपेज
  • समाचार
  • सुदूरपश्चिमका ३ निर्माण कम्पनी कालो सूचीमा

सुदूरपश्चिमका ३ निर्माण कम्पनी कालो सूचीमा

  • आइतवार, असार ५, २०७९
सुदूरपश्चिमका ३ निर्माण कम्पनी कालो सूचीमा

धनगढी — सुदुरपश्चिमका ४ निर्माण कम्पनी कालो सूचीमा परेका छन्। तोकिएको समयमा काम नसक्ने र योजना अलपत्र पार्ने उनीहरुलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले काकालो सूचीमा राखेको हो।

कार्यालयले सूचना जारी गर्दै सार्वजनिक निकायहरुको सिफारिसमा समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखिएको जनाएको छ। कालोसूचीमा पर्नेमा कञ्चनपुरको महाकाली गौरव बिल्डर्स प्रालि, बझाङको न्यू कालिका निर्माण सेवा, डोटीको भूमिराज रोशन निर्माण सेवा रहेका छन्।

निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिदको काम कारबाही गर्न नपाउने व्यवस्था रहेको छ।

चर्चामा

सम्बन्धित समाचार