• होमपेज
  • समाचार
  • धनगढीमा जिप पल्टिँदा ४ जना घाइते

धनगढीमा जिप पल्टिँदा ४ जना घाइते

  • शनिबार, असार ४, २०७९
धनगढीमा जिप पल्टिँदा ४ जना घाइते

धनगढी — धनगढीमा जिप पल्टिँदा ४ जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका-४ पुरानो यातायात कार्यालय अगाडि शनिबार बिहान सु.प.प्र.०१००१ च ३५९५ नम्बरको बोलेरो जिप पल्टिएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार अछामबाट बिरामी बोकेर धनगढीतर्फ आउँदै गरेको उक्त जिप आफै अनियन्त्रित भई पल्टिएको हो। दुर्घटनामा बिरामी समेत रहेका अछामको मेल्लेख गाउँपालिका-८ का भरत ठकुल्ला, सोही ठाउँकी ४५ वर्षीया सरुदेवी ठकुल्ला, ३२ वर्षीय टिकाराम ठकुल्ला र ३८ वर्षीय जंगबहादुर साउद घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

उनीहरु सबैलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको र जिप घटनास्थलमै रहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। चालक मेल्लेख-४ का २३ वर्षीय तिलक साउदलाई नियन्त्रणमा लिइएको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार