• होमपेज
  • समाचार
  • तीन कक्षामा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

तीन कक्षामा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

  • शुक्रबार, असार ३, २०७९
तीन कक्षामा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं — तीन कक्षामा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। रुरुक्षेत्र गाउँपालिका–३ को प्रतिभा आधारभुत माध्यमिक विद्यालयका शिक्षक रामहरी ज्ञवालीले कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रहरीका अनुसार आरोपित शिक्षकले जेठ १७ गते दिउँसो स्कुलमा अस्वभाविक यौनजन्य कार्य गरेको भनी परिवारले उजुरी दिएका थिए। सोही उजुरीका आधारमा बिहीबार ती शिक्षकलाई पक्राउ गरिएको र उनीमाथी छानबिन भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार