शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • आगलागीबाट १० लाखको क्षति

आगलागीबाट १० लाखको क्षति

  • शुक्रबार, जेष्ठ २७, २०७९
आगलागीबाट १० लाखको क्षति

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारमा विद्युत सर्ट भइ आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ। बिहीबार बेलुका करिव ९ बजेको समयमा स्थानीय रामचन्द्र बस्नेतको घरमा लागोलागी हुँदा नगद, जिन्सी, भौतिक संरचना गरी १० लाख बराबरको क्षति भएको हो।

आगालागीबाट घरभित्र रहेको लत्ताकपडा, फेन्सी सामान, जुत्ता चप्पल जलेर नष्ट भएको छ जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष आचार्यले जानकारी दिए।

आगो स्थानीय र दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीलेएक घण्टापछि नियन्त्रणमा लिएको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार