शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • आज २०७९ साल जेठ २६ गते बिहिबारको राशिफल

आज २०७९ साल जेठ २६ गते बिहिबारको राशिफल

  • बिहिबार, जेष्ठ २६, २०७९
आज २०७९ साल जेठ २६ गते बिहिबारको राशिफल

काठमाडौँ — आज २०७९ साल जेठ २६ गते बिहिबारको राशिफल । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ? यस्तो छ आजको फलादेश :

मेष(चु चे चो ला लि लु ले लो अ) धार्मिक कार्यले मनमा प्रसन्नता छाउनेछ। नयाँ व्यवसायमा सोचे अनुरूपको प्रतिफल प्राप्त होला। आर्थिक लाभ प्राप्त होला।

बृष(इ उ ए ओ वा वी वु वे वो) खेलकुदमा केही विवाद उत्पन्न होला। कृषि लगानीमा मुनाफा प्राप्त हुनेछ। अरूको प्रोत्साहनमा शुभ कार्य बन्नेछ।

मिथुन(का कि कु घ ङ छ के को हा) प्रेम सम्बन्ध वैवाहिक जीवनमा बाँधिनेछ। इच्छाविपरीतको कार्यमा फसिएला। रोजगारीमा कठिनाइ उत्पन्न होला।

कर्कट(ही हु हे हो डा डि डु डे डो) सवारी साधन खरिदमा समस्या आउला। पति–पत्नीमा सम्बन्ध प्रगाढ बन्नेछ। हवाई यात्राको अवसर प्राप्त होला।

सिंह(मा मि मू मे मो टा टी टु टे) अरूको सेवा भावमा समर्पित भइएला। स्वास्थ्यमा नकारात्मक समस्याले सताउनेछ। सन्तान पक्षबाट शुभ खबर मिल्नेछ।

कन्या(टो प पी पु ष ण ठ पे मो) पारिवारिक समस्या समाधान होला। पढाइप्रतिको आलस्यता हटेर जानेछ। पदोन्नतिको योग बन्नेछ।

तुला(र री रु रे रो ता ती तू ते) नकारात्मक सोच हटेर जानेछ। साथीभाइबीच लामो समय व्यतित होला। कानुनी झमेलामा फसिएला।

बृश्चिक(तो ना नी नू ने नो या यि यु) सांस्कृतिक कार्यमा सहभागी बनिनेछ। राजनीतिमा राम्रै स्थान प्राप्त होला। मनमा भने नकारात्मक सोच बढ्नेछ।

धनु( ये यो भ भि भु ध फा ढ भे) गुरुवर्गको सेवामा मन रम्नेछ। व्यापारिक पक्ष सोचेअनुरूप रहला। अरूको नकारात्मक प्रभाव बढेर जानेछ।

मकर(भो ज जि खि खु खे खो गा गि ) स्थान परिवर्तनले केही चिन्तित बनिएला। खराब सङ्गतले नकारात्मक काममा फसिएला। शुभ समाचार प्राप्त होला।

कुम्भ(गू गे गो सा सी सु से सो द) लामो समयपछि प्रिय व्यक्तिको साथ प्राप्त होला। पर्यटकीय स्थलको भ्रमण होला। पुत्र प्राप्तिको योग रहला।

मीन(दि दू थ भ ञ दे दो चा ची) आर्थिक संकट हटेर जानेछ। एकल निर्णय आफ्नै लागि घातक बन्नेछ। मित्रतामा दूर्विचार प्रकट हुनाले समस्या आउला।

चर्चामा

सम्बन्धित समाचार