शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • अछाममा शाहीको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन सरकारलाई निर्देशन

अछाममा शाहीको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन सरकारलाई निर्देशन

  • बुधबार, जेष्ठ २५, २०७९
अछाममा शाहीको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन सरकारलाई निर्देशन

धनगढी — अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का विनोद शाही मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा अछाम निर्वाचन क्षेत्र २ का सांसद यज्ञ बोगटीले शाहीको मृत्युबारे प्रश्न उठाएपछि सभामुख सापकोटाले छानबिन गरी सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका हुन्।

सांसद बोगटीले ९ दिन पहिले १५ वर्षीय शाहीको हत्या भएको तर प्रशासनले जाहेरी दर्ता नलिएको भन्दै सभामुखमार्फत सरकारको नाममा रुलिङ माग गरेका थिए। ‘विनोद शाहीको हत्या भएको ९ दिन पूरा भइसकेको छ । विनोद शाहीको हत्या भइसकेपछि विशेष समय लिएर सदनको ध्यानाकर्षण गराएको थिए। त्यो ध्यानाकर्षण गराउँदा हत्यारालाई कारबाही गरियोस्,’ उनले भने, ‘पीडित पक्षले जाहेरी दर्ता गरियोस् भनेर माग गरिएको छ। लासको पोस्टमार्टम गरेर अगाडि बढाइयोस् । जिल्लामा शान्ति सुरक्षा कामय गरियोस् भनेको थिएँ। गृहमन्त्रीले न्यायीक रूपमा छानबिन हुने, हत्यारालाई कारबाही गरिनेछ भन्नुभएको थियो।’

जाहेरी दर्ता गरिने भने पनि आजसम्म जाहेरी दर्ता नभएको भन्दै उनले अहिले उनको लास कुहिएको अवस्था रहेको बताए। ‘दर्ता गर्नुस् भनेर भन्नुभएको थियो किन दर्ता भएन ?’ उनले भने। घटनालाई राजनीतिक रङ दिन खोजिएको सांसद बोगटीको आरोप थियो। उनले भने, ‘जाहेरी दर्ता नगर्नुको कारण राजनीतिको रङ देखिएको छ। विद्यार्थी मारिँदा राजनीतिक रङ दिनु हुँदैन।’ त्यसपछि सभामुख सापकोटाले सरकारलाई सत्यतथ्य छानबिन गर्न निर्देशन दिएका हुन्। ‘माननीय सदस्यले उठाउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सो सम्बन्धमा नेपाल सरकाको ध्यानाकर्षण गराउन चाहन्छु। घटनाको सत्यतथ्य पत्ता लगाइ दोषिमाथि कारबाही प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई निर्देश गर्दछु,’ उनले भने ।दिनेशखबरबाट साभार । 

चर्चामा

सम्बन्धित समाचार