शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • स्रोत नखुलेको झण्डै चार करोड रुपैयाँसहित ५ जना पक्राउ

स्रोत नखुलेको झण्डै चार करोड रुपैयाँसहित ५ जना पक्राउ

  • मङ्लबार, जेष्ठ २४, २०७९
स्रोत नखुलेको झण्डै चार करोड रुपैयाँसहित ५ जना पक्राउ

काठमाडौं — चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरु चारजना चिनियाँ नागरिक छन् ।

प्रहरी वृत्त थानकोटले नागढुंगा नाकाबाट उनीहरुलाई मंगलबार बिहान पक्राउ गरेको हो ।

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको दुई वटा बोरामा लुकाई छिपाइ ल्याएको अवस्थामा नगद बरामद भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार