बिहिबार, जेष्ठ २१, २०८३

क्रान्ति तिमी ।

  • सोमवार, जेष्ठ २३, २०७९
सेयर गर्नुहोस् :
क्रान्ति तिमी ।

क्रान्ति तिमी कहाँ छौँ
तिमी बिना परिवर्तन का बाटो हरु अधुरो भए ।
दलाल भ्रष्टाचार ,अनि लुट ब्रम्लुट मौलाएर गए ।।
तिम्रो खोजी पुर्ब बाट हुँदै पश्चिम् र उत्तर दक्षिण सम्म ,
क्रान्ति बिना सम्भव हुँदैन यो दुनियाँ बदल्न ।

तिम्रो खोजी त सिँदुर पुछिएका चेलिहरु ले गर्न थाले ।
यस्तो निस्ठुरी भैइ बस्न हुँदैन भन्छ्न वृद्ध आमा बाले ।।

यति धेरै मंहगी ले गरिब को घर मा कसरी बल्ला चुल्हो ,
चुनाव ताका मीठो कुरो ,चिप्लौटे भाषण गर्ने ब्याक्ती सत्ता गएर भयो रनभुल्लो ।।

त्यसैले क्रान्ति तिमी ढिलो नगरी आउँ
दलाल ,भ्रष्ट हरु को स्वर्गको रुपि किल्ला संगठित योजना द्वारा भत्काउँ ।।

क्रान्ति बिना यो धर्तिमा शोषित को राज्य खोस्सिएको इतिहास छैन ,
कतैन कतै तिमी अल्मलाए हाम्रो रुपान्तरण रुपि बिचार ब्यवहारिक बन्ने छैन ।।

त्यसैले अँध्यारो बादल लाई फार्दै क्रान्ति तिमी चिर्को पार्दै आउँ ,
आधिँ तुफान ,हुरिबतास संगै फोहोर, डंगुर ले भरिएको साम्राज्यवाद र दलाल पुँजिवाद को रंजाइ लाई सफा गरौं ।।

चर्चामा

सम्बन्धित समाचार