शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • रुपन्देही दुर्घटना : मृत्यु भएका ४ जनाको सनाखत

रुपन्देही दुर्घटना : मृत्यु भएका ४ जनाको सनाखत

  • आइतवार, जेष्ठ २२, २०७९
रुपन्देही दुर्घटना  : मृत्यु भएका ४ जनाको सनाखत

रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा बस दुर्घटनामा परेर ज्यान गुमाउने ४ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरूमा तिलोत्तमा नगरपालिका–२ योगीबुटी घर भएका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चपुर बस्ने वर्ष २० का दिनेश दास, बुटवल उप–महानगर वडा नम्बर–११ घर भएका कृष्ण प्रसाद बस्याल र रुपन्देहीको ओमसदिया बस्ने ६५ वर्षीय राजेन्द्र पाण्डे छन् ।

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस भैरहवा–परसी हुलाकी सडक खण्डमा स्थित पुलबाट खसेको थियो । दुर्घटनामा मृत्यु भएका अरु ५ जनाको सनाखत गर्ने प्रयास भइरहेको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

चर्चामा

सम्बन्धित समाचार