शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • ५० केजी गाँजासहित भारतीय नागरिक पक्राउ

५० केजी गाँजासहित भारतीय नागरिक पक्राउ

  • शुक्रबार, जेष्ठ २०, २०७९
५० केजी गाँजासहित भारतीय नागरिक पक्राउ

धनगढी — मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० राप्तीरोडबाट प्रहरीले करिब ५० केजी ४ सय ग्राम गाँजा सहित एकजना भारतिय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत सितामणि थानाबेला–१० नोचा घर भएका ३७ वर्षीय राजेश चौधरी छन्।

बिहीबार साँझ बस्तीपुरबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना २ ह १५०८ नम्बरको अटोलाई चेकजाँच गर्दा सो गाँजा फेला परेको थियो। आरोपीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार