शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • भद्रपुर उडेको बुद्ध एयरको विमान अवतरण नगरी काठमाडौं फर्कियो

भद्रपुर उडेको बुद्ध एयरको विमान अवतरण नगरी काठमाडौं फर्कियो

  • बुधबार, जेष्ठ १८, २०७९
भद्रपुर उडेको बुद्ध एयरको विमान अवतरण नगरी काठमाडौं फर्कियो

काठमाडौंबाट भद्रपुर उडेको जहाज आकाशबाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ । बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटिएपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

काठमाडौंबाट ३० नटिकल माइल उडेको विमान काठमाडौं फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द गरिएको थियो । विमान सकुशल काठमाडौं विमानस्थलमा अवतरण गरेको छ । ‘अब प्राविधिक जाँच गर्छौं’ प्रवक्ता सिटौलाले भने ।

चर्चामा

सम्बन्धित समाचार