शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • पत्नी हत्याका दोषी पूर्वडिआइजी कोइराला पक्राउ

पत्नी हत्याका दोषी पूर्वडिआइजी कोइराला पक्राउ

  • शुक्रबार, जेष्ठ १३, २०७९
पत्नी हत्याका दोषी पूर्वडिआइजी कोइराला पक्राउ

पत्नी हत्याका दोषी पूर्वडिआइजी रञ्जन कोइरालालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले उनलाई नयाँ वानेश्वरबाट पक्राउ गरेको हो। सर्वोच्च अदालतले जन्मकैदको सजाय नघटाउने फैसला गरेको थियो।

सोही आधारमा कोइरालालाई पक्राउ गरिएको महाशाखाका एसएसपी वसन्त कुँवरले जानकारी दिए। उनका अनुसार रञ्जन केही दिनदेखि लुकीछिपी बस्दै आइरहेका थिए। सर्वोच्चको फैसलापछि प्रहरीले उनको खोजी गरेको थियो।

यसअघि सर्वोच्च अदालतले जन्मकैदको सजायलाई घटाएर साढे ८ वर्ष कायम गरेपछि २०७७ साउनमा कोइराला डिल्लीबजार कारागारबाट छुटेका थिए। ०७७ असारमा प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उनको जन्मकैद घटाएको थियो। तर बिहीबार उक्त फैसला सर्वोच्चले उल्ट्याएर थप सजाय सुनाएको थियो।

चर्चामा

सम्बन्धित समाचार