• होमपेज
  • समाचार
  • बलात्कारको आरोपमा एक शिक्षक समातिए

बलात्कारको आरोपमा एक शिक्षक समातिए

  • बिहिबार, जेष्ठ ५, २०७९
बलात्कारको आरोपमा एक शिक्षक समातिए

धनगढी — कञ्चनपुरमा बलात्कारको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। बिहीबार १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार भीमदत्त नगरपालिकास्थित सिद्दनाथ माध्यमिक विद्यालयमा कार्यरत शिक्षक लक्ष्मीराज जोशीलाई करणी आरोपमा समातिएको हो। उनलाई भीमदत्त १८ स्थित घरबाटै मौखिक उजुरीको आधारमा पक्राउ गरिएको बताउँदै घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।दिनेशखबरकाे सहयाेगमा । 

चर्चामा

सम्बन्धित समाचार