दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुर घर भएका १६ वर्षीय प्रशान्त वलीको तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुरास्थित बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार बिहान मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुरास्थित हजुरआमाको घरमा पूजामा आएको अवस्थामा उक्त नदीमा डुबी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा सोही नदीको किनारामा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ