• होमपेज
  • समाचार
  • सिन्धुलीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

सिन्धुलीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

  • शुक्रबार, बैशाख १६, २०७९
सिन्धुलीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

सिन्धुली — सिन्धुलीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सिन्धुलीको तिनपाटन गाउँपालिका-५ नक्कलेमा बागमती प्रदेश–०१–०२६ च–०४५६ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने केही घाइते भएका छन्। घाइतेको संख्या भने अहिलसम्म एकिन भएको छैन। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज लामाका अनुसार घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन्।

स्थानीय रुपा लुंगेलीसहित अन्य दुई पुरुषको घटनास्थलमै मृत्यु भएको स्थानीय तथा नेकपा एमालेका नेता शंकर कार्कीको भनाई छ।

सिन्धुली–चकमके सडकको भित्री सडक खण्डमा खाद्यान्न तथा तरकारी बोकेको बोलेरो जीप दुर्घटना भएको हो। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

चर्चामा

सम्बन्धित समाचार