• होमपेज
  • समाचार
  • गर्भवतीलाई बलात्कार गरेको आरोपमा कैलालीका युवक पक्राउ

गर्भवतीलाई बलात्कार गरेको आरोपमा कैलालीका युवक पक्राउ

  • बुधबार, बैशाख १४, २०७९
गर्भवतीलाई बलात्कार गरेको आरोपमा कैलालीका युवक पक्राउ

कैलाली — गर्भवतीलाई बलात्कार गरेको आरोपमा काठमाडौंबाट कैलालीका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–२ मोतीपुर घर भइ हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुंगा बस्ने सागर शाही रहेका छन्।

उनीमाथि गत चैत ८ गते महिलाको कोठामा प्रवेश गरी विभिन्न डर त्रास देखाएर बलात्कार गरेको आरोप लागेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। शाहीलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको प्रहरी वृत्त थानकोट, काठमाडौंमा पठाइएको छ।

चर्चामा

सम्बन्धित समाचार