• होमपेज
  • समाचार
  • कुकुर मारेर भिडिओ हाल्ने युवक पक्राउ

कुकुर मारेर भिडिओ हाल्ने युवक पक्राउ

  • शनिबार, बैशाख १०, २०७९
कुकुर मारेर भिडिओ हाल्ने युवक पक्राउ

पोखरा — कुकुर मारेको आरोपमा कास्कीमा एक जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका–१६ जोगीमणिका सुदीप परियार पक्राउ परेका हुन्।

उनले कुकुरलाई घाँटीमा डोरीको पासो लगाएर मारेपछि सेती नदीमा फालेका थिए। उक्त भिडियो उनले समाजिक सञ्जालमा पोस्ट समेत गरेका थिए। त्यसपछि परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
उनीमाथि जिल्ला अदालत कास्कीबाट ९ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार